×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण काबेली पावरको २० लाख १४ हजार ८ सय १७ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

PRIME CA

अरुण काबेली पावरको २० लाख १४ हजार ८ सय १७ कित्ता सेयर लिलामी भर्ने अन्तिम दिन

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । अरुण काबेली पावरको कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।  उक्त, कम्पनीको २० लाख १४ हजार ८ सय १७ कित्ता सेयर लिलामी भर्ने आज (कात्तिक १४ गते) अन्तिम दिन हो ।

अरुण काबेली पावरका अनुसार, ‘कम्पनीले असोज ३० गतेदेखि सर्वसाधारण समूहको सेयर बिक्रीमा ल्याएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।’

त्यस्तै, कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता १ हजार ५ हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा बिक्री नभएको बाँकी सेयर लिलामीमा ल्याएको कम्पनीले जानकारी दिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: