Skip to content
LAXMI SUNRISE BANK

बेष्ट फाइनान्सले सुरु गर्यो अनलाईन एकाउन्ट ओपनिङ सेवा, सरल तरिकाले मुद्धती खाता खोल्न सकिने

अर्थ सरोकार

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेडले अनलाईन एकाउन्ट ओपनिङ सेवा सुरु गरेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त उक्त कम्पनीले बिहीबारदेखि स्तरोन्नतिसहितको सो अनलाईन एकाउन्ट ओपनिङ सेवा सञ्चालनमा ल्याएको हो ।

त्यस्तै, देश तथा विदेशमा रहेका नेपालीहरुलाई खाता खोली बैंकिङ कारोबार गर्न अनलाईन एकाउन्ट ओपनिङ सेवा प्रदान गर्दै आएकोमा थप वित्तीय सेवासहित उक्त सेवालाई स्तरोन्नति गरी अनलाईन एकाउन्ट ओपनिङ सेवा शुरु गरेको कम्पनीले जनाएको छ । साथै,  उक्त सेवाको सुरुवात भएपछि ग्राहकहरुले सहज तथा सरल तरिकाले बचत तथा मुद्धती खाता खोल्न सक्नेछन ।

भिडियो केवाईसी मार्फत ग्राहक पहिचान गरी सम्पूर्ण कारोबार गर्न सकिने कम्पनीले बताएको छ । साथै, केवाईसी अध्यावद्यिक नभएका ग्राहकहरुले अनलाइर्नमार्फत केवाईसी अध्यावद्यिक गर्न सक्ने सुविधासमेत रहेको कम्पनीले जानकारी दिएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK