काठमाडौँ । राष्ट्र बैंकका सञ्चालक चिन्तामणी सिवाकोटीले सहकारी संस्थाहरुमा सञ्चालक स्वच्छान्तकारी बन्दा समस्या आएको बताएका छन् । साथै, धेरै सहकारी संस्थाहरुले नीति तथा कार्य योजना नबनाई सञ्चालक समितिको एकल निणर्य गर्नाले तथा संवेदनशील निर्णयहरुमासमेत सदस्यहरुलाई बाइपास गरेको भएर संस्थामा थप समस्या आइरहेको उनले बताएका छन् ।
राष्ट्रिय सहकारी बैंकको आयोजनामा भएको लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीमा सहकारीको आन्तरिक नियन्त्रण प्रणाली विकास र अभ्यास विषयमा कार्यपत्र प्रस्तुत गर्दै उनले संस्थाको वित्तीय स्वस्थताका साथै सबलिकरणमा पहिला संस्था भित्रको जोखिम न्यूनीकरण गर्नुपर्नेमा उनको जोड छ । साथै, संस्थाले नियमित कार्य योजना बनाई काम कारवाही गर्नुपर्ने समेत उनले बताएका छन् ।
उनले भने, ‘संस्थाको लक्ष्य प्राप्त गर्नको लागि जवाफ देहिता, कार्यकुशलता, मितव्ययिता, ऐन नियमको परिपालना, विश्वसनियता जस्ता विषयहरु अपरिहार्य छन् । सहकारीमा आन्तरिक लेखा प्रणाली कमजोर हुनुमा सञ्चालक समिति बढी जिम्मेवार छन् । लेखा समिति, व्यवस्थापन, लेखाअभिलेख, बजेटको पूर्ण पालना, स्रोत र साधनको व्यवस्थाप नगर्न समितिलाई सञ्चालकले सहयोग गर्नु पर्नेछ ।’
त्यस्तै, सहकारी संस्थाभित्रका लेखा सुपरिवेक्षणले सञ्चालक समितिले गरेको निणर्य तथा आर्थिक क्रियाकलापलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्नेमा सिवाकोटीले जोड दिएका छन् । उनले भने, ‘सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुलाई संस्थाका गतिविधिहरु सम्बन्धी सूचना समयमा नै उपलब्ध गराउन पर्ने हुन्छ । आगामी बाटो सञ्चालक समितिको भूमिका, लेखा समिति, कर्मचारीलाई संस्थाको आन्तिरक नीति तथा कार्यविधिले तोकिएको जिम्मेवारी हस्तक्षप बिना पूर्ण गर्नपर्ने हुन्छ । सहकारी संस्थालाई दीगो र विश्वसनियता संस्थाभित्रका सबै पक्षको समन्वय बनाउन पर्ने हुन्छ ।’
साथै, संस्थामा सञ्चालक तथा लेखा समितिको योग्यता, सदस्यको बीमा,एकाघरको व्यक्तिलाई सञ्चालकमा राख्ने तथा व्यवस्थापनको नेतृत्वमा आफू अनुकुल व्यक्तीलाई नियुत्ती गर्दा समस्या निम्तेको उनको बुझाई रहेको छ ।
नेपाल सरकारका पूर्व सचिव गोपिनाथ मैनालीले कार्यपत्रमाथि टिप्पणी गर्दै विशेषतया आन्तरिक लेखा नियन्त्रण प्रणाली दुई प्रकारबाट हुने गरेको बताएका छन् । उनले भने, ‘सहकारीमा अन्तरिक र वाह्य रुपमा निरिक्षण गर्ने गरिन्छ । सहकारीमा लेखा समितिले संस्थाभित्रको स्वमूल्यंकन, जवाफदेहिता र परदर्शितालाई नियमन गर्नपर्ने हुन्छ । लेखा समितिले वातावरण, वित्तीय जोखिमको अवस्था, सुचना व्यवस्थापन, स्रोत र साधनको उपयोगिता, कर्मचारीको कार्य सम्पादन र सञ्चालक समितिले गरेको निर्णयहरुलाई निरन्तर रुपमा अनुगमन गर्नुपर्छ । सहकारी संस्थाले कार्य सञ्चालनगर्दा सस्थाको सुशासनको अवस्था, संस्था र सदस्यहितमाकाम गरे नगरेको हेर्नपर्ने हुन्छ ।’
त्यस्तै, संस्थाप्रति सदस्यहरुको सकृयता र सस्थाको वार्षिक साधारणले गरेको निणर्यहरु कार्यान्वयनमा आए नआएको निरन्तर नियमन सुझाए । गोष्ठीको अध्यक्षता राष्ट्रिय सहकारी महासंका निर्वतमान अध्क्षय केशव वडालले गरेका थिए ।
सो कार्यक्रममा सहभागीहरुले संस्थामा सञ्चालकहरुले गल्ति गरे लेखा सुपरिवेक्षण समितिले नियन्त्रण गर्ने भनिए पनि समितिलाई विकल्पको रुपमा मात्र हेर्ने गरेको गुनोसो गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्