×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड हुने, कतिले पाउँछन् सेयर ?

PRIME CA

चिरख्वा हाइड्रोपावरको आइपीओ बाँडफाँड हुने, कतिले पाउँछन् सेयर ?

१४ कार्तिक २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडको आइपीओ  बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट लिमिटेडले कात्तिक १६ गते बिहीवार दिउँसो १ बजे क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गर्ने बताएको छ ।

सो कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दाहरुका लागि ४ लाख कित्ता निष्काशन गरेको थियो । जसमध्ये २ लाख ४ हजार ७ सय कित्ता  बाँडफाँड भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ८० हजार कित्ता, कर्मचारीहरुका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरुका लागि ४० हजार कित्ता निष्काशन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीका अनुसार, ‘आइपीओ अन्तिम दिनसम्ममा १२ लाख १२ हजार ६ सय ४५ जना आवेदकले १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका थिए । उक्त माग भन्दा १५ दशमलव ३६ गुणा बढी आवेदन परेको हो । यस आधारमा कम्पनीको आईपीओ ८५ हजार ९ सय ३० जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।’

कम्पनीले असोज २३ गते देखि २६ गतेसम्म सर्वसाधारणमा ८ लाख ५९ हजार ३ सय कित्ता आइपीओ निष्काशन गरेको थियो । उक्त कम्पनीले प्रतिसेयर १ सय रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

चिरख्वा हाइड्रोपावर कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको सेयरसहित सर्वसाधारणका लागि बिक्री गरेको थियो । आइपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई ईक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

उक्त रेटिङ्गले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: