काठमाडौं । ठूलो खोला हाइड्रोपावरले ऋण लगानी जुटाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाईमा ऋण लगानी जुटेको हो ।
ठूलो खोला हाइड्रोपावर आयोजना र बैंकबीच सोमबार भएको लगानी सम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स बैंकका कन्सोर्टियम पूर्वाधार बैंकिङ एकाइका प्रमुख रोशन मल्लले हस्ताक्षर गरेका छन्।
सो सम्झौता कार्यक्रममा सिटिजन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) गणेशराज पोखरेल, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुमितबाबु खत्री, चिफ क्रेडिट अफिसर सुमन मुलापाती, कृषि विकास बैंकको तर्फबाट हरि अधिकारी, विश्वबन्धु भट्टराई, माछापुछ्रे बैंकको तर्फबाट अनिल सिवाकोटी साथै आयोजना कम्पनीको तर्फबाट चिफ अपरेटिङ्ग अफिसर नविन सिलवाल, वित्तीय प्रमुख प्रदिप खतिवड र सिभिल इन्जिनिय प्रमुख शिवसागर यादवको उपस्थिति रहेको थियो।
ठूलो खोला आयोजना माग्दीको राघुगंगा गाउँपालिका वडा नम्वर ७ र ८ को ठूलो खोला निर्माणधिन छ। साथै, आयोजना ३४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको कम्पनीका अध्यक्ष नरेन्द्र बल्लभ पन्तले जानकारी दिएका छन् ।
त्यस्तै, २०८२ सालको असोज २८ गते निर्माण सम्पन्न गर्ने मिति तोकेता पनि त्यो भन्दा पहिले नै आयोजना सम्पन्न गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने गरी काम तीव्र गतिमा भैरहेको अध्यक्ष पन्तले तोकेता बताएका छन् ।
ठूलो खोला हाइड्रोपावर आयोजनामा देव ग्रुपकै स्वामित्व रहेको अर्को आयोजन टक्सार पिखुवा हाइड्रोपावर लिमिटेडकोसमेत लगानी रहेको छ। टक्सार पिखुवा हाइड्रोपावर २ वर्ष अगाडि नै सम्पन्न भई विद्युत उत्पादन गरीरहेको कम्पनी हो।
सो कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। ठूलो खोला हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्नको लागि सिटिजन्स क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्