×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसको उपहार योजना सार्वजनिक, बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी पाउने

PRIME CA
GLOBAL IME BANK

सिटी एक्सप्रेसको उपहार योजना सार्वजनिक, बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी पाउने

१४ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ योजना सार्वजनिक गरेको छ । नेपलीहरुको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजना सार्वजनिक गरेको हो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही पाँच सयको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको जनाईएको छ ।

कम्पनीका अनुसार ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔें’ अफर असोज १५ गतेदेखि मङ्सिर १५ गते सम्म लागु हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र सो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु नहुने कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेसका देशभर छरिएर रहेका २५ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: