काठमाडौँ । ईसेवाको आधिकारिक कर्मचारी हो भनी ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला रौतहट गौर नगरपालिका वडा नं ५ का २१ वर्षिय रितेश कुशवाहा, २० वर्षिय अभय कुमार यादव, २६ वर्षिय नवनित कुमार कुशवाहा, २१ वर्षिय कन्हैया कुमार कुशवाहा र जिल्ला रौतहट गढिमाई नगरपालिका वडा नं ६ का १९ वर्षिय दिपेन्द्र कुमार यादव रकम ठगी गर्ने कसुरमा पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिहरुले पिडितहरुलाई बिश्वास दिलाई पिडितहरुकै मोबाईल नम्बरमा ओटिपी पठाई उक्त कोर्ड मागी ईसेवाका सेवाग्राहीहरुकै वालेट आईडी तथा लिङकअप गरिएका बैंक खाताहरुमासमेत अनाधिकृत रुपमा पहुँच पुर्याई खातामा भएको रकम बिभिन्न बैंक खाता तथा वालेटहरुमा ट्रान्सफर गरेको प्रहरीले जानकारी दिएको छ । उक्त व्यक्तिहरुले १८ जना पिडितहरुको १५ लाख २० हजार ९ सय १ बराबरको रकम ठगी गरेका थिए ।
साथै, पिडितहरुलाई विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी बैंक खातासँग लिङकअप, खाता नविकरण केवाईसि र्फम अपडेट, स्टेटमेन्ट भेरीफाई, सेक्युर ट्रान्सफर चार्ज नलाग्ने तथा ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी ठगी गरेका हुन् । उक्त व्यक्तिहरुलाई रौतहट जिल्लाको विभिन्न स्थानबाट प्रहरीले प्रकाउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरुको थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु, पठाएको काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्