काठमाडौँ । ठगि कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनीका दुई जना पक्राउ परेका छन् । पाकिस्तान राहुलपिन्डी घर भई हाल जिल्ला काठमाण्डौँ महानगरपालीका वडा नं.२६ ठमेल बस्ने दिन मुहमदको छोरा राहदानी नं (एके ९८२१४४३) पाकिस्तान बाहक बर्षीय ५१ नाजीर मुहमद र अजरबैजन देश घर भई हाल जिल्ला काठमाण्डौँ महानगरवालीका वडा नं.२६ ठमेल बस्ने राहदानी नं (सि००२७९७१०) अजरबैजान बाहक बर्षीय ३१ की एस्ली हस्नेलीन गरी दुई जना पक्राउ परेका हुन् ।
पाकिस्तानी र अजरबैजनी नागरिकको साँगगाठ तथा मिलेमतोमा वैदेशिक रोजगारकालागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि प्रतिव्यक्ती ८००० डलर लिगेको प्रहरीले जनाएको छ। साथै, वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वास दिलाई प्रलोभनमा पारी ठगी गर्ने योजना बनाईरहेको छ भने जाहेरीको आधारमा निगरानी गर्ने क्रममा काठमाडौँ अपराध अनुसन्धान कार्यालयबाट खटेका विशेष प्रहरी टोलीले असोज १६ गते दिउँसोको ६:३० बजे जिल्ला काठमाण्डौँ महानगरवालीका वडा नं. २६ ठमेलमा रहेको यात्री एण्ड डुड्डी सोयट्स एण्ड इस्पा होटलको कोठा नं.३०४ र ३१४ बाट प्रहरीले ठगि कार्यमा संलग्न दुईजनालाई नियन्त्रणमा लिगेको हो ।
पक्राउ परेका उक्त प्रतिवादीहरुलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी परिसर, टेकु काठमाण्डौँ पठाएको प्रहरीले जनाएको छ। उक्त अनुसन्धानमा पिडितहरुलाई विश्वास दिलाउनकालागि अजरबैजानसमेत लगि घुमाई दिएको र अन्दाजी नेपाली ८० लाख ठगी गरेको खुल्न आएको छ । साथै, प्रतिवादीहरुले नक्कली अफर लेटर, वर्कपर्मिट, भिसा लगायतका कागजातहरू पठाई रकम पठाउन लगाउने गरेको अनुसन्धानमा खुलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्