Skip to content
LAXMI SUNRISE BANK

इसेवा र सनसेक्युरिटिज लिमिटेडबीच सम्झौता, सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुने

अर्थ सरोकार

काठमाडौँ । इसेवा र सनसेक्युरिटिज लिमिटेडबीच सम्झौता भएको छ ।  नेपालको पहिलो अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि सनसेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत हुने सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने सम्झौता भएको  हो ।

साथै, सम्झौताले लगानीकर्ताहरुलाई सनसेक्युरिटिज ब्रोकर नम्बर ६४  बाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुन सकिने कम्पनीले जानकारी दिएको छ । सनसेक्युरिटिज कोमेरो सेयर तथा डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।

त्यस्तै,  अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रबन्धक हेम घिमिरे र सनसेक्युरिटिज ब्रोकर नम्बर ६४ का कार्यकारी अध्यक्ष कृष्ण गिरि तथा ट्रेडिङ्ग अफ्फिसर बिशाल रिजालले हस्ताक्षर गरेका हुन् । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।

साथै, देशभर रहेका दुई लाख भन्दा बढि एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसकोटिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा  सुविधाको भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK