Skip to content
LAXMI SUNRISE BANK

इसेवाले ल्यायो आफ्ना ग्राहकहरुका लागि नयाँ अफर, ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । इसेवाले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । नेपालको पहिलो र अग्रणी भुक्तानी सञ्चालक इसेवाले नेपालीहरूको महान चाड दशैँ, तिहारलाई मध्यनजर गर्दै ‘इसेवा डिजिटल उत्सव’ हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको हो ।

उक्त अफर अन्तर्गत ३७.९९ रूपैयाँ खेलखेल्दार ३ लाख ७९ हजार ९ सय मूल्यको एमहा न्यु एफजेट एफआई भर्जन ३.० स्ट्यान्डर मोटरसाइकल जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।यसैगरी इसेवामार्फत ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा दुई जनाले एमहा न्यु एफजेट एफआई भर्जन ३.० स्ट्यान्डर मोटरसाइकल जित्न सक्ने कम्पनीले बताएको छ ।

इसेवा डिजिटल उत्सव अफर अन्तर्गत नै इसेवाबाट मोबाइल नम्बर प्रयोग गरी सिधै बैंक खातामा पैसा पठाउँदा १ भाग्यशाली जोडीले दुबई टुर प्याकेज पनि पाउनेछन्। साथै, इसेवाबाट जहाजको आन्तरिक उडानको टिकट काट्दा भाग्यशाली ५ जनाले जोडीको लागि होटेलको स्टेकेसन प्याकेज तथा १ जनाले रियल मि ११ एक्स ५ जि पाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

इसेवाबाट इन्टरनेट तथा टिभीको बिल भुक्तानी गर्नेले ३ सयसम्मको क्यास ब्याक तथा सिजि डिजिटलको टिभीसमेत कम्पनीले बताएको हो । साथै, बसको टिकट काट्ने वा होटेल बुक गर्ने प्रयोगकर्ताले चितवन तथा पोखरामा ३ दिन २ रातको स्टेकेसन पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

इसेवामा आवद्ध व्यवसायीहरूलेसेमत ग्राहकहरूमार्फत क्यूआर भुक्तानी लिँदा वा सिंगमेसिन, एयरफ्रायर, स्याण्डविच मेकर लगायतको उपहार जित्न सक्नेछन्।त्यसैगरी, अनलाइन कारोबारका लागि इसेवाबाट भुक्तानी गर्नेले बिनब्यागसमेत जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

विदेशबाट इसेवा मनिट्रान्सफरको साझेदारमार्फत इसेवावालेटमा ५ हजार भन्दा रूपैयाँ बढीको भुक्तानी पाउने सबैले टपअप, इन्टरनेट, होटेल, एयरलाइन्स तथा इसेवा केयर प्याकेज खरिदमा पक्का क्यास ब्याकका लागि प्रोमोकोड प्राप्त गर्नेछन्। हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ७८ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्।

यसैगरी देशभर रहेका दुई लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाटको प्रिमियम भुक्तानी, मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क सेवा तथा सुविधाको भुक्तानी गर्न कम्पनीले जानकारी दिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK