काठमाडौं । इसेवाले आवाजबाटै कारोबारको विवरण बताउने ‘इस्पिकर’ यन्त्र ल्याएको छ । उक्त कम्पनीले पुन:डिजिटल कारोबारलाई सजिलो बनाउनका लागि आवाजबाटै कारोबारको विवरण बताउने यन्त्र सार्वजनिक गरेको हो ।
सिम कार्ड तथा वाईफाईमार्फत इन्टरनेटमा जोडिएर इस्पिकर यन्त्रले डिजिटल कारोबार यकिन गरी बताउने भएकाले यसले तुरुन्त जानकारी दिन सक्ने इसेवाले जनाएको छ । कम्पनीका अनुसार, ‘यार्सा टेकसँगको सहकार्यमा बनाएको इस्पिकर यन्त्र पूर्णत:नेपालमै बनेको यन्त्र हो । इस्पिकर एक अडियो अलर्ट यन्त्र हो, जसले डिजिटल कारोबार गरेर भुक्तानी आएको सूचना आवाजको माध्यमबाट तुरुन्त दिनेछ । यसले इसेवाका क्यूआर मर्चेन्टहरूलाई भुक्तानी आएको पुष्टि गर्ने भरपर्दो तथा सजिलो माध्यम प्रदान गर्नेछ । ग्राहक तथा व्यवसायीहरूले क्यूआर मार्फत आएको भुक्तानी पूरा भए-नभएको तुरुन्तै पुष्टि गर्नलाई केही असहज थियो । कहिलेकाहिँ कारोबार पूरा भई खातामा पैसा आएको पुष्टि गर्नलाई मेसेज आउनमा ढिलासुस्ती हुँदा ग्राहक तथा व्यवसायी दुवैले नै समस्या खेप्नुपर्ने अवस्था थियो ।’
त्यस्तै, व्यवसायीलाई ग्राहकले कारोबार गरी स्क्रिनसट देखाएर विश्वास दिलाउनु पर्ने स्थिति थियो । उक्त स्क्रिनसट साँचो भए-नभएको पुष्टि गर्नका लागि व्यवसायीसँग पनि कुनै भरपर्दो तरिका थिएन। कुनै व्यवसायीहरूले आफ्नो कर्मचारी मार्फत व्यापार-व्यवसाय संचालन गर्दा कारोबार पूरा भए-नभएको यकिन गर्नसमेत झन्झट हुन्थ्यो । एफ वान् सफ्ट ग्रुप टावरमा कार्तिक १ मा भएको इस्पिकर यन्त्रको लोकार्पण समारोह इसेवा प्रालिका चिफ बिजनेस अफिसर आशिष गौतमले संचालन गरेका थिए ।
उक्त, कार्यक्रममा बोल्दै एफ वान् सफ्टका डाइरेक्टर सुवास शर्माले नेपालमै बनेको उच्च गुणस्तरको यन्त्रले साना व्यवसायी तथा ग्राहकलाई सहयोग पुग्नेमा विश्वस्त रहेको बताए । १५ वर्षदेखि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा नेपालको डिजिटल अर्थव्यवस्थालाई सुदृढ पार्न इसेवाको मुख्य भूमिका रहेकोमा पनि उनले जोड दिएका छन् ।
त्यस्तै, उक्त कार्यक्रममा बोल्दै यार्सा टेकका सिइओ रहेका एन्जे सुवेदीले मात्र २ वर्षअघि खुलेको यार्सा टेकले केही समयदेखि यन्त्रको लागि रिसर्च र विकास गर्नमा लागेको बताएका थिए । इसेवासँग मिलेर विभिन्न प्रयोजनका लागि यसै यन्त्रको अझै विस्तारित भर्जनहरू पनि बनाउने बताएका छन् । साथै, एफ वान् सफ्टका प्रेसिडेन्ट विश्वास ढकालले इसेवा र यार्सा टेकको यस सहकार्यले देशमै प्रविधि सम्बन्धी धेरै कार्य गर्न सकिने तथा उद्यमीलाई प्रोत्साहन गरेर अर्थतन्त्रलाई सकारात्मक सुझाव पार्ने बताएका छन् ।
सो कार्यक्रममा विश्वास ढकालले नै दुई हजार पाँच सय पठाई यन्त्रले कसरी काम गर्छ भनेर उपस्थित सबैलाई नमुना देखाएका थिए । त्यस्तै, फोनपेका सिईओ दिवस सापकोटाले पूर्णत:नेपालमै बनेको यस प्रविधिले सुपथ मूल्यमै गुणस्तरीय सेवा दिएकाले यार्सा टेकलाई धन्यवाद ज्ञापन गरे । उनले नेपाल जसरी टेक्नोलोजी र सफ्टवेयरमा अघि बढेको छ, त्यसरी नै हार्डवेयरको मामला पनि अघि बढेको बताए । त्यस्तै, इसेवाका सिईओ जगदीश खड्काले यस यन्त्रले अंक चिन्ने तथा अंग्रेजी पढ्न गाह्रो हुने साना तथा मझौला उद्यमीहरूलाई यस प्रभावकारी टेक्नोलोजीले सहयोग पुग्नेमा विश्वस्त रहेको बताएका थिए ।
उक्त, कार्यक्रमका संचालक आशिष गौतमले यस यन्त्रले अहिले नेपाली तथा अंग्रेजीमा सेवा दिए पनि निकट भविष्यमा नेपालको स्थानीय भाषा मैथिली तथा नेवारी (नेपाल) भाषामा पनि सेवा दिने जानकारी दिएका थिए । साथै, इस्पिकर यन्त्र बजारमा आएसँगै यसले ग्राहक तथा व्यवसायी दुवैको अनुभवलाई सजिलो र सुलभ बनाउन ठूलो सहयोग पुर्याउने विश्वास गरेको गौतमले बताएका छन् ।
इस्पिकर यन्त्रले कारोबार पूरा भएको पुष्टि गर्नका लागि व्यवसायीले घरीघरी फोन हेर्नुपर्ने वाध्यताबाट मुक्त गरिदिएको छ । इस्पिकर यन्त्रको साथले स्क्रिनसटको साटफेर, नोटीफिकेसनको पर्खाइ, खातावालाको उपस्थिति, फोन अन हुनु पर्ने वाध्यता लगाएतको झन्झटबाट व्यवसायी तथा ग्राहकलाई पनि मुक्त गरेको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्