Skip to content
LAXMI SUNRISE BANK

एभरेष्ट बैंकले मनायो २९औं वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको आयोजना

अर्थ सरोकार

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरुको आयोजना गरेको हो ।

उक्त बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउन्डेशनका राष्ट्रिय प्रतिनिधि डा.एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । साथै, बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितकोसमेत उपस्थिति रहेको थियो ।

त्यस्तै,  बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरु तथा देशैभरी छरिएर रहेको आफ्नो १ सय २७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १ सय ६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।

साथै, बैंकले सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK