×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेडेरल रिईन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फेडेरल रिईन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

Artha Sarokar

२५ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । फेडेरल रिईन्स्योरेन्स लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपालकै पहिलोे पव्लिक लिमिटेड कम्पनी फेडेरल रिईन्स्योरेन्स ब्रोकर्स लिमिटेडको मिति २०८० साल आश्विन २५ गते कम्पनीको रजिष्र्टड कार्यालय नक्साल ०१ काठमाण्डौं, नेपालमा दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभामा संस्थापक समुहबाट रिक्त सञ्चालक पदमा बिराटनगर१२ मोरङ निवासी नमित शर्मालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको छ । साथै, सामान्य प्रस्ताव तर्फ सञ्चालक समितिको तर्फबाट अध्यक्षकोे वार्षिक प्रतिवेदन २०७९-८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण आर्थिक वर्ष २०८०-८१ का लागि लेखा परीक्षक नियुक्त हुने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, विशेष प्रस्ताव तर्फ सर्वसाधारणलाई शेयर निष्काशन, कम्पनी गाभ्ने वा गाभिन, विदेशी साझेदार वा लगानीकर्ता भित्राउन तथा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएका आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । उक्त समारोहमा संस्थालाई योगदान पु¥यााउने संस्था, व्यक्ति तथा कर्मचारीहरुलाई सम्मान प्रदान समेत गरेको छन् ।

फेडेरल विश्वकै प्रतिष्ठीत इउनाइटेड रजिस्टार अफ सिस्टम इउनाइटेड किङडम बाट आईओएस ९००१:२०१५ गुणस्तर प्राप्त गर्ने नेपालको पहिलो र एक मात्र पुनर्बीमा दलाल कम्पनी हो । सो गुणस्तर चिन्हले समेत संस्थाको आन्तरिक प्रणाली, संस्थागत सुशासन, सेवाको गुणस्तर आदिमजवुत रहेको पुष्ठी गर्दछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी