काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बृहद आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त महासंघले नेपाल सरकार सहित सबै सरोकारवालाहरूको सहभागितामा असोज मसान्तभित्र काठमाडौँमा बृहद आर्थिक बहस कार्यक्रमको आयोजना गर्ने भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा बाग्लुङ ढोरपाटनमा भएको आजको आयोजनामा कार्यकारिणी समितिको तेस्रो बैठकले उक्त कार्यक्रमको निर्णय गरेको हो । निजी क्षेत्रले अर्थतन्त्रमा विद्यमान समस्या समाधान गर्न निरन्तर पहल गर्दै आएपनि त्यसको ठोस समाधान नभएकाले सबै सरोकारवालाहरूलाई एकै ठाउँमा भेला गराई समाधानमा पहल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
त्यस्तै, महासंघको बैठकले नेपाल सरकारको चालु आर्थिक वर्षको वार्षिक बजेटमा सन् २०२३–३२ लाई पर्यटन दशकका रूपमा मनाइने घोषणा गरेको छ । साथै, सरकारको उक्त प्रयासलाई समेत सहयोग पुरयाउने उद्देश्यले निजी क्षेत्रकातर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन नेपाल सरकारसँग सहकार्य गर्ने निर्णय महासंघको बैठकले गरेको छ ।
नेपाल भ्रमण दशकलाई सफल बनाउन महासंघको केन्द्र, प्रदेश र जिल्ला नगरमा पर्यटन प्रवद्र्धन सम्बन्धी विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै महासंघ तथा यसका सदस्य संघ संस्थाका लेटर
प्याडमा भ्रमण वर्षको लोगो राखि प्रचार प्रसार गर्ने निर्णय गरेका छन् । यसैगरि ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
त्यसैगरी, महासंघले सात वटै प्रदेश सरकारसँगको सहकार्यमा लगानी सम्मेलन गर्ने, भारत तथा चीनको लगानी भित्र्याउन केन्द्र सरकारसँगको सहकार्यमा भारत र चीन केन्द्रित राष्ट्रिय स्तरका सम्मेलनहरू आयोजना गर्ने निर्णय गरेको छ । साथै, महासंघका सदस्यहरूमा संस्थाप्रति अपनत्वको भावना विकास गर्दै स्थानीय सम्भावनालाई पहिचान गरी लगानी अभिवृद्धि गर्न महासंघले मुलुक भित्रका सम्भावनायुक्त स्थानमा बैठकको आयोजना गर्न सुरु गरेको हो।
बाग्लुङ ढोरपाटनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वलाई मनन गर्दै त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान गर्न सकियोस् भन्ने अभिप्रायले महासंघको कार्यकारिणी समितिको बैठकले त्यस क्षेत्रमा आयोजना गरेको हो । उक्त बैठकमा महासंघका पदाधिकारीहरू, प्रदेश अध्यक्षहरू, समिति तथा फोरमका सभापतिहरू, कार्यकारिणी समितिका सदस्यहरूले आ-आफना धारणा व्यक्त गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्