काठमाडौँ । नेपाल मर्चेण्ट बैंकर संघको “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” समाप्त भएको छ । धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था इन्टरनेस्नल अर्गनाइजेसन अफ सेकेरेटिज कमिसनको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यल २०८० असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह २०२३ को अवसरमा “लगानीकर्ता शिक्षातथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम नेपाल मर्चेन्ट बैंकर्स संघले एमबिएन अन्तर कलेज क्यापिटलमा र्केट हाजिरी जवाफ प्रतियोगिता २०२३ आयोजना गरिएको थियो । सो क्रममा मिति २०८० असोज २१ गते हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएको थियो । साथै, द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट बीच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता तथा वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको नेपाल मर्चेण्ट बैंकर संघले जानकारी दिएको छ ।
त्यस्तै, नेपाल मर्चेण्ट बैंकर संघका अनुसार, ‘ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड र रापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट कुसोमको टोली विजेताको ट्रफी सहित एक लाख रुपैयाँ प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएका थिए । नेपाल कलेज अफ म्यानेजमेण्ट फस्ट रनर अप टिमले ट्रफी सहित ५० हजार नगद रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने रक्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि २५ हजार नगद पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको हो ।’
उक्त कार्यक्रमको सञ्चालन तथा उदघोषणमा स्र्टर अफ सेरोमनी भूत पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठाद्वारा गरेका थिए । साथै, कार्यक्रमको विशेष अतिथि स्वागत गर्दै पहिलो एमबिएन अन्तर कलेज क्यापिटलमार्केट क्विज प्रतियोगिता २०२३’ को महासंग्राम धूमधामले आयोजन गरेका थिए ।
त्यस्तै, एमबिएनको अध्यक्ष विजयलाल श्रेष्ठले आफ्नो मन्तवयमा कार्यक्रमका विशेषता र महत्त्वहरुकाबारमो जानकारी दिँदै सो प्रतियोगितामा सहभागीहरूको आत्मविश्वासलाई उत्साहित गरेका थिए । साथै, कार्यक्रमको मुख्य अतिथि नेपाल धितोपत्र बोर्ड सिबोनका अध्यक्ष रमेश कुमार हमाल तथा नेपाल धितोपत्र बोड सिबोन नेपाल स्टक एक्सचेञ्ज सीडीएससी ब्रोकर संघ र सदस्यहरूका अविशिष्ट अतिथिहरूको उपस्थितिले कार्यक्रमको शोभा बढाएको महासंगले जनाएको छ ।
उक्त कार्यक्रमका मुख्य अतिथिले सहभागीहरूको प्रस्तुति देखि प्रभावित भएर भविष्यका यात्राहरूको लागि उत्साहित गर्न शुभकामना प्रकट गरेका थिए । उनले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क व्यक्त गरेका थिए ।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा विश्व लगानीकर्ता सप्ताह २०२३का नेपाल तर्फको संयोजक गरेको डा. नबराज अधिकारीले डब्बलुआइडब्लु २०२३ को व्यक्तिगत अवलोकन र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए भने भविष्यमा नेपालका ७ वटै प्रदेशबाट सो किसिमका बौद्धिक तथा रचनात्मक कार्यक्रममा सहभागी गर्न विभिन्न योजनाहरू प्रस्तुत गरका थिए ।
उक्त कार्यक्रमको सफलता विभिन्न कर्पोरेट तथा शैक्षिक संस्थाहरुको आर्थिक तथा लजिस्टिक सहयोगले सम्भव भएको हो । कार्यक्रमा आयोजन स्थल र लजिस्टिक व्यवस्था सहितको ग्लोबल कलेज तथा पाटन बहुमुखी क्याम्पस, रिलायन्स कलेज, एड–मार्क कलेज, एपेक्स कलेज र केसीएम कलेजले आफ्नो ज्ञान प्रवद्र्धनात्मक सहयोग प्रदान गरेका थिए ।
त्यस्तै, डाबर नेपाल प्रालिले कार्यक्रममा रियल जुस प्रदान गरि सहयोगी संस्थाको रुपमा रेहेका थिए । साथै, बेस्ट फाइनान्स कम्पनीलिमिटेड, सनराइज क्यापिटल लिमिटेड, नबिल बैंक लिमिटेड, सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट सीआइटी इन्फो डेभलपर प्रालि र एनएमबि बैंक लिमिटेडले आर्थिक सहयोग गरेका थिए ।
एमबिएन अन्तर–कलेज क्यापिटल मार्केट क्विज प्रतियोगितको भव्य फाइनलले प्रतिस्पर्धाको भावनालाई मात्र नभई इच्छुक सहभागीहरूका बीच नेटवर्किङ तथा सहकार्यका लागि उत्कृष्ट प्लेटफर्मको रूपमा स्थापित रहेको नेपाल मर्चेण्ट बैंकर संघले जानकारी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्