×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य’: उपाध्यक्ष ढकाल

PRIME CA

‘आर्थिक समृद्धिको लागि उद्यमशीलता विकास अपरिहार्य’: उपाध्यक्ष ढकाल

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड आरएएसको प्राविधिक सहयोगमा मंगलबार संघको सभाहलमा सञ्चालित करसम्बन्धी तालिमको उद्घाटन गर्दै उपाध्यक्ष ढकालले महासंघले विशेषगरी युवा, महिला उद्यमशीलता विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएको हुन् ।

उनले वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढिरहेकोमा चिन्ता व्यक्त गर्दै महासंघले देशका युवा वर्गलाई उद्यमशील बन्न प्रोत्साहित हुने विभिन्न क्रियाकलापहरुमा जोड दिँदै आएको जानकारी दिए । उनले देशको आर्थिक उत्थान र विकासका लागि निजी क्षेत्रको अहम् भूमिका रहेको बताए ।

हाल देशमा व्याप्त आर्थिक समस्या समाधानका लागि निजी क्षेत्रको प्रतिनिधित्व गरिरहेको महासंघले सरकारसँग छलफल गरी विभिन्न उपायसहितको सल्लाह सुझाव दिँदै आएको उनले जानकारी दिएका छन् । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले करसम्बन्धी राम्रो जानकारी नहुँदा उद्योगी, व्यवसायीहरुले विभिन्न समस्या भोग्नुपरिहेको भन्दै तालिममा सहभागी युवा उद्यमीहरुलाई तालिमबाट भरपूर फाइदा लिनुहुन आग्रह गरे । कर प्रणालीबारे स्पष्ट हुन सकेको खण्डमा कानुनसम्मत तरिकाले उद्योग व्यवसाय सञ्चालन हुने उनको भनाइ छ ।त्यस्तै, करसम्बन्धी ज्ञान नहुँदा धेरैजसो उद्योगी, व्यवसायीहरुले अनाहकमा दु:ख पाइरहेको भन्दै उनले सोही समस्या निराकरणको लागि पनि तालिमको आयोजना गरेको बताए । सो अवसरमा महासंघको कार्यकारिणी समिति सदस्य तथा महासंघअन्तर्गतको महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठ, संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव दिनेश गोसाई, कार्यसमिति सदस्य श्रीया बल्ल, महासंघका सहायक निर्देशक लोकराज जोशीलगायतले आ-आफ्नो धारणा राखेका थिए ।

तालिम एसआर पाण्डे एन्ड कम्पनीका सीए लक्ष्मीप्रसाद लुइँटेल र आस्था बिष्टले दिएका हुन् । प्रशिक्षकहरुले तालिममा आयकर दाखिला, आयकर विवरण बुझाउने, टीडीएस कट्टी, बजेटमा भएका करसम्बन्धी परिवर्तन, आर्थिक ऐन तथा नीतिमा भएका करसम्बन्धी व्यवस्थालगायतका विषयमा जानकारी दिएका थिए ।

सो तालिममा ७५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । तालिमपश्चात प्रशिक्षार्थीहरुलाई संघका अध्यक्ष मानन्धरले प्रमाणपत्र वितरण गरेका हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: