×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकले ल्यायो नयाँ योजना, डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत नगद फिर्ता

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकले ल्यायो नयाँ योजना, डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत नगद फिर्ता

Artha Sarokar

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गरिमा विकास बैंकले नयाँ योजना सार्वजनीक गरेको छ । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गर्दै उक्त बैंकले आफ्ना ग्राहकहरुका लागि सामान खरिदमा विकास बैंकको डेबिट क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत नगद फिर्ता योजना सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत बैंकको डेबिट क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विकास बैंकको एउटा कार्डबाट अधिकतम २ सयसम्म नगद फिर्ता पाउन सक्ने जानकारी बैंकले दिएको छ । साथै, नगद रहित कारोबारलाई प्रोत्साहन एवं प्रवद्र्धन हेतु सार्वजनिक गरेको सो योजनाको अवधि २०८० असोज २८ गते देखि २०८० कार्तिक ७ गतेसम्म रहेको छ ।

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि दशैें किनमेललाई थप सहजीकरण गर्दै क्रेडिट कार्डमा किस्ता बन्दीको सुरुवात गरिसकेको हो । हाल, गरिमा विकास बैंकले देशभर १ सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी