×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु, ग्राहक मैत्री बनाउने उद्देश्य

PRIME CA
GLOBAL IME BANK

गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु, ग्राहक मैत्री बनाउने उद्देश्य

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । गरिमा विकास बैंकको क्रेडिट कार्डमा ईएमआई सेवा सुरु भएको छ । उक्त बैंकले विकास बैंकहरुमा पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा सुरु गरेको हो ।

“आज किन्नुहोस् र पछि तिर्नुहोस्” सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुका लागि सुरुवात गरिसकेको छ । नेपालमा करिव तीन दशक अगाडी सुरुवात भएको क्रेडिट कार्ड सुविधामा आजसम्म पनि सिमित नेपालीहरुको मात्र पहुँच पुगेको देखिन्छ ।

त्यस्तै, क्रेडिट कार्डको प्रयोग उपयोगिता र फाइदा सम्बन्धी जागरुकताको कमीले गर्दा नै यसको पहुँच आम समुदायमा नपुगेको बैंकले जनाएको छ । उक्त बैंकले यसलाई थप ग्राहक मैत्री बनाउने उद्देश्यका साथ विकास बैंकहरुमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरेको हो ।

यस अन्तर्गत, बैंकले सम्झौता गरेको विक्रेताहरुसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकै पटक नभई ० प्रतिशत ब्याजदरमा मासिक किस्ताको रुपमा तिर्न सकिने व्यवस्था गरेको छ । साथै, ग्राहक आफैले पनि अरु कतैबाट सामान खरिद गरि गरिमा विकास बैंकमा भ्याट बिल पेश गरि उक्त सुविधा लिन चाहेमा पनि सजिलै लिन सक्नेछन् ।

त्यस्तै, आउँदै गरेको वडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरुले उक्त सुविधा मार्फत लाभ उठाउन सक्नेछन् । साथै, बैंकले सबै नेपालीको पहुँचमा क्रेडिट कार्ड पहुँच पुग्नेछ र यसले देशको समस्त आर्थिक प्रणाली चलायमान रहने विश्वास राखेको छ ।

सो बैंकले देशभर १ सय २२ शाखा कार्यालय तथा ५० एटिएम एवं विभिन्न डिजिटल बैंकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: