Skip to content
LAXMI SUNRISE BANK

गरिमा क्यापिटलको सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न,लगानीकर्ताहरुलाई सुचित गराउने उद्देश्य

अर्थ सरोकार

काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले विश्वलगानीकर्ता सप्ताह २०२३ अन्तर्गत सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ । उक्त क्यापिटलले विश्वलगानीकर्ता सप्ताह २०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूंजीबजार साक्षरता कार्यक्रम र विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको हो ।

उक्त क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताहव्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।सो क्यापिटलले २०८०-१६ गते बत्तिसपुतली काठमाडौँमा रहेको गेल्डेनगेट इन्टरनेस्नल कलेजमा पुंजिबजार साक्षरता कार्यक्रम, १७ गते चावहिल काठमाडौँमा रहेको सेन्ट लरेन्स कलेजमा पूंजीबजार साक्षरता कार्यक्रम, १८ गते ललीतपुरमा रहेको पञ्चकन्या गुर्पमा शेयर बजार अन्तरक्रिया सचेतना कार्यक्रम र १९ गते पुतलीबजार स्याङजामा रहेको स्याङजा जिल्ला उद्योग वाणिज्य संघमा पुंजिबजार साक्षरता कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको हो ।

त्यस्तै, विश्वलगानीकर्ता सप्ताह २०२३ एक हप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्वव्यापी अभियान हो । सो अभियानले लगानीकर्ताहरुलाई पुंजिबजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने कार्य गर्दछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK