×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

PRIME CA

घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन

२ कार्तिक २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सो कम्पनीले २ सय प्रतिशत हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कात्तिक ३ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा कात्तिक २ गतेसम्म कायम सेयरधनीहरूलेमात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीले  नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पूँजीको आधारमा २ सय प्रतिशत हकप्रद सेयर निष्कासनका लागि असोज १८ गते अनुमति पाएको थियो ।

कम्पनीका अनुसार, ‘हकप्रद सेयर निष्कासनको मिति भने तय हुन बाँकी छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।’

त्यस्तै, हाल कम्पनीको चुक्ता पूँजी ५५ करोड रहेको छ । साथै, हकप्रद सेयर निष्कासन बाँडफाँड पश्चात चुक्ता पूँजी १ अर्ब ६५ करोड पुग्ने कम्पनीले बताएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: