काठमाडौं । ग्लोबल आइएमई बैंकले टिकटक प्रतियोगिताको आयोजना गरेको छ । उक्त बैंकले दशैँको अवसर पारेर युवायुवतीमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने उद्देश्यले टिकटक प्रतियोगिताको आयोजना गरेको हो ।
सो प्रतियोगितामा सहभागि हुन बैंकको टिकटक पेजमा गई बैंकले दशैँका सामग्री समावेश गरी तयार गरेको गीतमा आफ्नो टिकटक बनाई बैंकले सार्वजनिक गरेका सर्तहरु पूरा गरी टिकटक पेजमा अपलोड गर्नुपर्ने जानकारी बैंकले दिएको छ । उक्त प्रतियोगितामा सहभागीमध्ये धेरै लाइक आउने तीन सहभागीलाई क्रमशः प्रथम पुरस्कार ६० हजार, दोस्रो पुरस्कार ३५ हजार तथा तेस्रो पुरस्कार २५ हजार रुपैयाँ प्रदान गर्ने बैंकले जनाएको छ ।
त्यस्तै, प्रतियोगितामा सहभागी हुन कात्तिक १२ गतेसम्म टिकटक अपलोड गरिसक्नु पर्ने बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्