Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंकले लकर स्थानान्तरण गर्दै, सामान टुटफुट हुन पुगेमा बैंक जिम्मेवार नरहने

अर्थ सरोकार

काठमाडौं । ग्लोबल आइएमई बैंकले लकर स्थानान्तरण गर्ने भएको छ । सो बैंकले काठमाडौं महानगरपालिका वडा नं ७ केएल टावरस्थित चाबहिल शाखाको लकर स्थानान्तरण गर्ने भएको हो ।

बैंकले चाबहिल शाखाको लकर सोही वडाको  सेन्ट्रल प्लाजामाको पहिलो तल्लामा स्थानान्तरण गरी कात्तिक २६ गतेदेखि नियमित सेवा प्रदान गर्ने जानकारी दिएको छ । उक्त लकर स्थानान्तरण गर्दा लकरमा भएको सामान टुटफुट हुन सक्ने भएकाले बैंकले लकरमा संवेदनशिल सामान भएका ग्राहकलाई कात्तिक २३ गतेभित्र सामान झिक्न आग्रह गरेको हो ।

ग्लोबल आइएमई बैंकले लकर सार्दा सामान टुटफुट हुन पुगेमा बैंक जिम्मेवार नरहनेसमेत जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK