Skip to content
LAXMI SUNRISE BANK

मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सुनको मूल्य प्रतितोला तिन सय रुपैयाँले बढेको छ ।

सोमबार प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज प्रतितोला तिन सय रुपैयाँले बढेर १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ९३ हजार ३ सय ६५ रुपैयाँ, १० ग्राम तेजाबी सुनको मूल्य ९२ हजार ९ सय ३५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ४९ रुपैयाँ निर्धारण गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK