×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमा पहिलो पटक आईपीओ जारी गर्दै , सेयरधनीलाई १७.३७ प्रतिशत बोनस सेयर

PRIME CA

ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमा पहिलो पटक आईपीओ जारी गर्दै , सेयरधनीलाई १७.३७ प्रतिशत बोनस सेयर

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ह्याम्स अस्पतालले स्वास्थ्य क्षेत्रमा पहिलो पटक  आईपीओ जारी गर्ने भएको छ । स्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको हो ।

उक्त कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार, ‘ जारी पुँजी १५ प्रतिशतको हो ।  प्रति कित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ ।’

ह्याम्स अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाईसमेत नियुक्त गरिसकेको छ । यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ  भने बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

साधारण सभाले आफ्ना सेयरधनीहरूलाई १७.३८  प्रतिशत बोनस सेयर तथा ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । लाभांश वितरण गरे पश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुने कम्पनीले बताएको छ ।

पहिलो साधारण सभाले ५ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी नियुक्त भएका छन्  भने सर्वसाधारण तर्फ गीता जोशी सायमी नियुक्त भएकी हुन् ।

त्यस्तै, साधारण सभाले स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य क्षेत्रमासमेत अनुभव  प्रशासकीय अनुभव भएका शर्मा पूर्व महालेखा परीक्षक हुन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: