काठमाडौं । आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १ सय ५५ देशहरुमा सञ्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको हो ।
सो सम्झौता अनुसार युएईको केन्द्रीय बैंकबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एपमार्फत आइएमईको डिजिटल वालेट आइएमई पेमा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने भएको छ । आइएमईका प्रमुख कार्यकारी अधिकृत पौडेलले भने, ‘रणनीतिक सहकार्यमार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्नेछ ।’
अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले भने, ‘आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको तथा वित्तीय सेवालाई सबैका लागि थप पहुँच योग्य बनाउन महत्त्वपूर्ण कदम रहेको छ । यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रवर्द्धन गर्न केन्द्रित रहेको छ ।’
उनले भने, ‘अल्ट्रा एपमार्फत लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौँ ।’ उक्त साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेकोसमेत मिशेलले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्