×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैन’: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

LAXMI SUNRISE BANK
GLOBAL

‘स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण हुँदैन’: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

२८ आश्विन २०८०, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापार घाटा न्यूनीकरण नहुने गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्थानीय तहमा उत्पादित स्वदेशी उत्पादन निर्यात नगरी मुलुकको व्यापारघाटा न्यूनीकरण नहुने बताएका हुन् ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु गरेको दोस्रो हिमालयन इन्टरनेरशनल एक्स्पो २०८० को उद्घाटन गर्दै उनले व्यापारघाटा कम गर्न, राष्ट्रको अर्थतन्त्र समृद्ध बनाउन साना तथा घरेलु हस्तकला उद्योगलाई प्रोत्साहन गर्नुको विकल्प नभएको बताएका छन् । साथै, सरकारको राष्ट्रिय कार्यभार सामाजिक आर्थिक रुपान्तरण र आर्थिक समृद्धि भएको भन्दै गृहमन्त्री श्रेष्ठले देशको उत्पादनलाई निर्यात गर्न नसकेसम्म व्यापारघाटा कम गर्न नसकिने जानकारी दिएका छन् ।

त्यस्तै, सांसद वासुदेव घिमिरेले हस्तकला तथा साना उद्योगहरुलाई प्रवद्र्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताएका हुन् । साथै, यस्ता उद्योगहरुलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने उनको भनाई रहेको थियो ।

एक्स्पोका संयोजक कपिल अधिकारीले एक्स्पोमा अमेरिका, क्यानडा, युरोप, चीन र भारतलगायत मुलुकबाट पाँच सयभन्दा बढी विदेशी क्रेताको सहभागिता रहेको जानकारी दिएका छन् । नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने उद्देश्यले एक्स्पो आयोजना उनको भनाई रहेको छ ।

एक्स्पोका संयोजकका अनुसार, ‘एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता तथा विक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना हुनेछ । विश्वका विभिन्न देशबाट क्रेता भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीसँग सम्बन्ध विस्तार गराई निर्यात बढाउने लक्ष्य राखेको हो ।’

त्यस्तै, करिब ५० हजारले एक्स्पो अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ । एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने तथा यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको हो ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक अधिकारीले बताएका छन् । साथै, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले जानकारी दिएकन हुन् ।

साथै, पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजक पक्षले जनाएका छन् । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहेका छन् ।

एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेता बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने जानकारी अधीकारीले दिएका छन् । विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने तथा बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जानकारी दिएका छन् ।

साथै, स्थानीय हस्तकला, साना र मझौला उद्योगका उत्पादनको प्रवर्द्धन तथा विश्वबजारमा पहुँच गराई निर्यातमा सघाउने उद्देश्यले आयोजना गरेको एक्स्पो आगामी असोज २९ गते सोमबारसम्म चल्ने आयोजक पक्षले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी