×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना विकास बैंक र माल्पी इनटरन्यास्नल कलेज बीच सम्झौता, शिक्षण शुल्कमा २० प्रतिशत छुट

PRIME CA
GLOBAL IME BANK

कामना विकास बैंक र माल्पी इनटरन्यास्नल कलेज बीच सम्झौता, शिक्षण शुल्कमा २० प्रतिशत छुट

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कामना सेवा विकास बैंक र माल्पी इनटरन्यास्नल कलेज बीच सम्झौता भएको छ । कामना सेवा विकास बैंक र माल्पी इनटरन्यास्नल कलेज बीच शिक्षण शुल्क छुट सम्बन्धी सम्झौता भएको हो ।

सो बैंकले असोज १९ गते शुक्रबारका दिन नारायण गोपाल चोक चक्रपथ, काठमाडौं स्थित माल्पी इनटरन्यास्नल कलेजसँग सम्झौता गरेको हो । उक्त सम्झौता अन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट गरेको छ ।

साथै, ग्राहकहरुले भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त, बैंकसँग आवद्ध प्रमाणको आधारमा सो सुविधा ग्राहकहरुले सहजै प्राप्त गर्न सक्ने जानकारी बैंकले दिइको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: