काठमाडौँ । कामना सेवा विकास बैंक र नेपाल पेमेण्ट सोलुसनबीच सम्झौता भएको छ । सो कम्पनीहरुबीच अन्तर बैंक रकमान्तर सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतासँगै बैंक र नेपाल पेमेण्ट सोलुसनले नयाँ योजनाको सुरुवात गरेको छ । कम्पनीहरुको सम्झौता बमोजिम कामना सेवा विकास बैंकका मोवाईल बैकिङ प्रयोगकर्ताहरुले आफ्नो मोवाईल बैंकिङ एपभित्र रहेको इन्स्टा फण्ड ट्रान्स्फरमार्फत् अन्य बैंक तथा वित्तीय संस्थाको खातामा रकम रकमान्तर फण्ड ट्रान्स्फर गर्दा सेवा शुल्क वापत मात्र १ रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ ।
सो योजना २०८० कार्तिक १ गतेदेखि लागु भई पौष मसान्तसम्म लागु हुनेसमेत बैंकले जनाएको हो । नेपाल पेमेण्ट सोलुसनले नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिई भुक्तानी सेवा प्रदायकको रुपमा सेवा प्रदान गरिरहेको हो ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १ सय ३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्