×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिनेश थकालीले कमाण्ड सम्हालेपछि कामना सेवा बिकास बैंक*को छलाङ, नाफा दोब्बर बढी !

PRIME CA

दिनेश थकालीले कमाण्ड सम्हालेपछि कामना सेवा बिकास बैंक*को छलाङ, नाफा दोब्बर बढी !

३ कार्तिक २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कामना सेवा विकास बैंकले वित्तीय विवरण  प्रकाशन गरेको छ ।  बैंकले आर्थिक वर्ष २०८८-८१ को प्रथम त्रयमासिक वित्तीय विवरण प्रकाशन गरेको हो । बैंकमा दिनेश थकाली सीइओ भएर गएपछि बैंकले उल्लेख्य प्रगति गरेको देखिएको छ । बैंकको प्रकाशित वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा बैंकले आफ्नो मुनाफामा उल्लेख्य वृद्धी गरेको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा ४ करोड १५ लाखा नाफा कमाएको बैंकले यस आर्थिक वर्षको प्रथम त्रयमासमा ११ करोड ९५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बैंकले जनाएको छ । यो बह्नेको अघिल्लो बर्षको सोहि अवधिको तुलनामा तेब्बर नाफा हो।

त्यस्तै,  यस अवधीसम्म बैंकले ५६ अर्व ८२ करोड रुपैयाँ निक्षेप संकलन गरि ८७ अर्व कर्जा प्रवाह गरेको छ । वित्तीय विवरण अनुसार बैंकको रिटर्न अन इक्वीटी ९ दशमलव ९० प्रतिशत रहेको छ भने खराव कर्जा ३ दशमलव ४८ प्रतिशत रहेको छ ।

बैंकका अनुसार, ‘बैंकको आधारदर ११ दशमलव ७२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी १४ दशमलव ५७ प्रतिशत रहेको बैंकको कुल सम्पत्ती प्रतिसेयर अनुपात १ हजार ८ सय ५२ दशमलव ६१ रुपैयाँ रहेको छ ।’

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई वित्तीय विवरण प्रकाशन गर्न कार्तिक १७ गतेसम्मको अवधि दिए पनि बैंकले आफ्नो वित्तीय विवरण चाँडै नै प्रकाशन गरेको हो ।

*यसअघि ‘दिनेश थकालीले कमाण्ड सम्हालेपछि कामना सेवा बिकास बैंकको छलाङ, नाफा दोब्बर बढी !’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याईएको छ ।-सम्पादक 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: