काठमाडौं । कुमारी बैंकले संथापक सेयर विक्रीमा ल्याएको छ । बैंकले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी ५ लाख ३० हजार संथापक सेयर विक्रीमा ल्याएको हो ।
इच्छुक सेयर खरीदकर्ताहरूले कात्तिक २० गतेसम्म विक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । सेयरको मूल्य प्रतिकित्ता १ सय १ रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
त्यस्तै, बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै, तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक २१ गते विहान १० बजे कुमारी क्यापिटलको कार्यालयमा खोलिने बैंकले जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्