×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता, ग्राहकहरुका लागि विशेष छुट

PRIME CA
GLOBAL IME BANK

कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता, ग्राहकहरुका लागि विशेष छुट

१८ आश्विन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कुमारी बैंक लिमिटेड र वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबीच सम्झौता भएको छ । उक्त सम्झौतामा कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सो बैंकले डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेकोे कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटमा आकर्षक छुटको प्रावधान गरेको हो । उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका डेबिट-क्रेडिट कार्ड ग्राहक लगायत मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले वलनट बिस्ट्रो एण्ड ब्यानक्वेटबाट विभिन्न सेवा शुल्कमा १०% सम्मको छुट प्राप्त गर्न सक्ने जानकारी बैंकले दिएको छ ।

कुमारी बैंक लिमिटेडले विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै हो । उक्त बैंकले आफ्ना देशभर रहेका ३०८ शाखा सञ्जाल, ३०९ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकहरुलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सो बैंकले आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट बैंकिङ सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: