Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि ल्यायो नयाँ योजना, ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि नयाँ योजना सार्वजनिक गरेको छ । उक्त बैंकले नेपालीहरुको महान चाड वडा दशैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधा सहित ‘टिका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको हो ।

नेपाली बैंकिङ क्षेत्रमा अग्र स्थानमा रहेको कुमारी बैंक लिमिटेडले ‘टिका अघि नै दक्षिणा’ योजनालाई हर्षोल्लासका साथ अभिवृद्धि गर्ने भएको छ । उक्त योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानि कारोबार गर्दा हरेक दिन पहिलो ५०- ५० जनालाई बैंकद्धारा २५ प्रतिशत अधिकतम ५ सय १ रुपैँया सम्म क्यास ब्याक दिने भएको हो ।

सो क्यास ब्याक रकम पिओएस, किउआर पेमेन्ट तथा अनलाइन पेमेन्ट बाट गरीने कारोबारमा प्रदान प्रदान गर्ने बैंकले जानकारी दिएको छ । साथै, चाडपर्वका उक्त अवसरमा कुमारी बैंक लिमिटेडले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधाहरु आगामी असोज २८गते देखि कार्तिक ५ गते सम्म लागु हुने जानकारी दिएको छ ।

साथै, कुमारी बैंकले देशभर रहेका ३ सय ८ शाखा प्रधान कार्यालय बाहेक ४९ वटा विस्तारित काउन्टर, ३ सय ९ एटिएम तथा ६४ शाखासहित बैंकिङ एकाइहरूको आफ्नो बृहत सञ्जाल सहित बैंकिङ प्रक्रियालाई सरलीकरण, पहुँच अभिवृद्धि तथा ग्राहक सेवामा उत्कृष्टता ल्याउने प्रतिबद्धता जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK