काठमाडौं । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड मर्जरमा जाने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच एक आपसमा मर्जर सम्बन्धी मेमोर्यान्डम अफ अन्डरस्ट्यानडीङ औपाचारिक रुपमा सम्पन्न भएको हो ।
त्यस्तै, मेमोर्यान्डम अफ अन्डरस्ट्यानडीङमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको तर्फबाट अध्यक्ष सुमेद भट्टराई र सनराइज क्यापिटल लिमिटेडको तर्फबाट अध्यक्ष अपछ कुमार यादवले हस्ताक्षर गरेका छन् । साथै, लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको मुख्य संस्था लक्ष्मी बैंक लिमिटेड २०८० साल आषाढ २८ गते बाट सनराइज बैंक लिमिटेडसँग गाभिएर लक्ष्मी सनराइज बैंक लिमिटेड भई एकिकृत कारोबार प्रारम्भ भएको थियो ।
सो कारोबार प्रारम्भ भएपछी लक्ष्मी सनराइज बैंकको दुई सहायक कम्पनीहरु लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडबाट मर्चेन्ट बैंकिङ लगायत अन्य सेवाहरु छुट्टा-छुट्टै रुपमा प्रवाह गरिरहेको अवस्थामा धितोपत्र व्यवसायी मर्चेन्ट बैंकर नियमावली २०६४ को दफा २९ ‘क’ बमोजिम एकै प्रकृतिका कम्पनीहरु आवश्यक नभएको कुरालाई मध्यनजर गर्दै एक मात्र सहायक कम्पनी कायम गरी मर्चेन्ट बैंकिङ व्यवसाय संचालन गर्नु पर्ने हुँदा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेड बीच आपसमा मर्जर हुन लागेको हो ।
साथै, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सनराइज क्यापिटल लिमिटेडको मर्जर पश्चात् कम्पनीको चुक्ता पूँजी ४८ करोड रुपैयाँ पुग्ने तथा अझै सवल रुपमा व्यावसाय विस्तार गर्न सहयोग पुग्ने विश्वाससमेत बैंकले गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्