Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज बैंकले ग्राहकहरुका लागि ल्यायो नयाँ अफर, डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा विशेष छुट

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले नयाँ अफर ल्याएको छ । उक्त बैंकले दशैँलाई लक्षित गर्दै विभिन्न अफरहरु सहित ‘दशैँआयो’ योजना ल्याएको हो ।

सो योजना अनुसार ग्राहकहरुले मोबाइल मनि डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्दा विशेष छुट प्राप्त गर्नेछन् । दशैँको उपलक्ष्यमा अझ उत्साह र रमाईलो थप्नका लागि उक्त योजना ल्याइएको बैंकले जनाएको छ ।

त्यस्तै, असोज १८ देखि कार्तिक ३० गते सम्म लागू हुने उक्त योजना अन्तर्गत लक्ष्मी सनराइज बैंकको मोबाइलमनि, डेबिटकार्ड क्रेडिटकार्ड प्रयोगमा विभिन्न प्रकारका क्यासब्याक अफर प्राप्त गर्न सक्नेछन् । साथै, परम्परागत रूपमा गतिविधीहरु जस्तै: मिठोखानपिन, भ्रमण, शपिङ्ग तथा रमाईलोलाई ध्यानमा राखी सो योजना ल्याइएको बैंकले जनाएको छ ।

पहिलो अफर घुम्न जाउँलामा लक्ष्मी सनराइज बैंकको मोबाइल मनि प्रयोग गरी बस र हवाई टिकट खरिद गर्दा दुई सय ५० तथा ५ सय को क्यासब्याक ग्राहकहले पाउन सक्नेछन् । उक्त अफर असोज १८ गते देखि कात्तिक ९ गते सम्म लागुहुनेछ भने क्यासब्याक प्राप्त गर्नका लागि मोबाइल मनिमार्फत टिकट काट्नुका साथै सो अवधिभित्र कुनै एक बिल भुक्तानी समेत गर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

साथै, अर्को अफर शपिङ्ग गरौँलामा भाटभटेनी सुपरमार्केटमा सामान खरिद गरी क्रेडिटकार्ड मार्फत गर्दा एक सय पाँच रुपैयाँ वा एक हजार सम्मको क्यास ब्याक ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् । सो योजना असोज २७ गते देखि कात्तिक ३ गतेसम्म रहने बैंकले जनाएको छ ।

त्यस्तै, ‘खाउँलापिउँला’ योजनामा असोज २८ गते देखि कात्तिक १२ गते सम्म फुडमान्डु एपबाट अर्डरगरी लक्ष्मी सनराइज बैंकको डेबिट क्रेडिट कार्ड वा मोबाइल मनिबाट अन्लाइन भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति दुई सय पाँच रुपैयाँ वा दुई सय सम्म क्यासब्याक ग्राहकहरुले पाउन सक्नेछन् । सो अफर अन्तर्गत केएफसीको तथा पिज्जाहटका कुनै पनि आउटलेटमा डेबिटकार्ड वा क्रेडिटकार्डको ट्याप एण्डपे फिचर प्रयोग गरी भुक्तानी गर्दा प्रतिदिन प्रतिव्यक्ति दुई सय पाँच रुपैयाँ वा पाँच सय रुपैयाँ सम्म क्यासब्याक पाउने बैंकले जनाएको छ ।

रमाईलो गरौँला अफर अन्तर्गत क्युएफएक्स सिनेमा हलहरुमा टिकट खरिद गर्दा लक्ष्मी सन्राइज बैंकको डेबिट र क्रेडिट कार्ड वा मोबाइल मनि मार्फत भुक्तानी गर्दा दुई सय ७५ वा पाँच सय सम्म एक पटक क्यासब्याक प्राप्त गर्न सकिनेछ। सो योजना कात्तिक महिनाभरी लागू हुने बैंकले जनाएको छ ।

साथै, क्यासब्याक अफरहरु बाहेक असोज २५ गते देखि कात्तिक २५ गते सम्म विदेशबाट रेमिट्यान्स पठाउँदा पाँच सय एक दक्षिणा प्राप्त गर्न सकिनेछ। सो योजना मेरोभूमि रेमिट्यान्स खातावाला ग्राहकहरुका लागिरु ५० हजार भन्दा बढि रेमिट्यान्स पठाउँदा मात्र मान्य हुने बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकका सेवाग्राहीका लागि ‘दशैँआयो’ योजना दशैँका विभिन्न खर्च तथा गतिविधिमा क्यासब्याकको लाभ लिई दशैँलाई अझ रमाइलो बनाउने उद्धयस्यले बैंकले नयाँ अफर ल्याएको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK