Skip to content
LAXMI SUNRISE BANK

लक्ष्मी सनराइज बैंकले गर्यो बालबालिकालाई सहयोग

अर्थ सरोकार

काठमाडौँ । लक्ष्मी सनराइज बैंकले बालबालिकाका लागि सहयोग प्रदान गरेको छ । विभिन्न सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको लक्ष्मी सनराइज बैंकले असहाय बालबालिकाको संरक्षणमा कार्यरत देशभरीका विभिन्न संस्थाहरुसँग सहकार्य गरी ४ सय भन्दा बढी बालबालिकाहरु लाभान्वित हुने गरी विविध सरसामाग्री तथा खाद्यान्न सहयोग गरेको हो ।

सो क्रममा बैंकले नेपालबाल संघठन अन्तर्गत पाँचखाल, दोलखा र भिमफेदीमा रहेका बालबालिकालाई दशैँमा नयाँ लुगा प्रदान गर्नुका साथै नक्साल स्थित बाल मन्दिरलाई पनि आवश्यक खाद्यान्न सामाग्री हस्तान्तरण गरेको छ ।

उक्त बैंकले कोशी प्रदेशको उर्लाबारीमा नमुनाबाल गृह तथा इटहरीमा हेल्पलेस चिल्डे्रन वएलफिएर मिसन मधेस प्रदेशको गरुडामा बन्सिलाल जैसवाल अनाथालय, बागमती प्रदेशको हेटौंडामा मामाघर नेपाल, गण्डकीको प्रदेशको पोखरामा रहेको रेनबो चिल्डे्रन होम नेपाल, लुम्बिनी प्रदेशको कोरीहवाको अविनास आश्रम, कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको निउ लाइफ चिल्डे्रन्स हेबन लगायत सुदुरपश्चिमको धनगढीमा रहेको आमाको माया छात्रबासका बालबालिकाको लागी विभिन्न खाद्यान्न सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK