×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड

PRIME CA

महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता, आर्थिक सुधारका लागि सहकार्यमा जोड

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महासंघ पदाधिकारी र नवनिर्वाचित सेजन कार्यसमितिबीच भेटवार्ता भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल लगायत पदाधिकारी तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नवनिर्वाचित कार्यसमितिबीच भेट वार्ता भएको हो ।

महासंघ सचिवालयमा भएको उक्त भेटवार्तामा आर्थिक सुधारका लागि सहकार्य गर्ने विषयमा छलफल भएको थियो । सो  भेटवार्तामा अध्यक्ष ढकालले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग वा संयन्त्र निर्माण गरि सहकार्य गर्ने अवधारणा आफुले अगाडि सारेको जानकारी गराएका छन् ।

अबको सुधारका लागि निजी क्षेत्र सहित सबै सरोकारवालाहरुको सामुहिक प्रयास आवश्यक भएको हुँदा आयोग आवश्यक रहेकोमा अध्यक्ष ढकालले जोड दिएका छन् । यसमा सेजनसँगको सहकार्य महत्वपूर्ण हुने उनको धारणा रहेको थियो ।

त्यस्तै, अन्य नीतिगत सुधार, भ्रमण आदिमा पनि महासंघ र सेजनबीच सहकार्य रहने अध्यक्ष ढकालले बताएका छन् । सो कार्यक्रमका सेजन अध्यक्ष सुजन ओलीले आर्थिक मन्दीका समयमा विभिन्न वस्तुगत तथा जिल्लामा कार्यरत उद्यमी व्यवसायी समस्यामा रहेको हुँदा सुधारका लागि सहकार्य गर्ने  जानकारी दिएका छन् ।

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले मुलुकभर नै उद्यमी व्यवसायी मन्दीका कारण प्रभावित भैरहेको हुँदा सबै क्षेत्रको विशेष पहल आवश्यक रहेको बताएका छन् । महासंघ उपाध्यक्षद्धय हेमराज ढकाल तथा ज्योत्सना श्रेष्ठले उद्यमी व्यवसायीको हितमा सेजनले गरिरहेको कामको प्रसंसा गरेका थिए ।

सेजन महासचिव विश्वा रेग्मीले सकारात्मक सन्देश पनि प्रवाह गर्नु आवश्यक रहेको बताएका छन् । साथै, आर्थिक पत्रकारहरुको छाता संस्था सेजनको नयाँ कार्यसमिति २०८० भदौमा चयन भएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: