काठमाडौं । प्राधिकरणले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई इजाजतपत्र दिएको छ । नेपाल बीमा प्राधिकरणले उक्त कम्पनीलाई कारोबार संचालनका लागि औपचारिक रुपमा इजाजतपत्र दिएको हो ।
ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई प्राधिकरणले लघुबीमा व्यवसाय गर्न आइतबार लाइसेन्स दिएको हो । प्राधिकरणका अनुसार, ‘ट्रष्ट माइक्रो इन्स्योरेन्सको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको बुटवलमा रहने छ । यसअघि ६ वटा कम्पनीहरुले लाइसेन्स पाएका छन् । कम्पनीका संस्थापकले पूँजी जुटाउन नसक्दा कम्पनीले लाइसेन्स पाउन ढिलो भएको थियोे ।’
नेपाल बीमा प्राधिकरणका अनुसार, ‘प्रवन्धपत्र नियमावली अनुसार ५३ जनाको नाम रहेको छ । पूँजी कबोल गरेका ५३ जनामध्ये अधिकांशले पूँजी जुटाउन सकेका थिएनन् ।’
त्यस्तै, सफारी इन्भेष्टमेन्टको ९ करोड, रेजेन्सी फिन क्रपको ९ करोड, विप्रो फिनक्रपको ८ करोड २५ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ५० लाख, भिजन लुम्बिनी २ करोड ५० लाख, आविष्कार होल्डिङ एण्ड इन्भेष्टमेन्ट एक करोड ७५ लाख, जगत बहादुर पोखरेल ९० लाख, थानेश्वर पौडेल ७५ लाख, नारायण प्रसाद खनाल ७० लाख, गोपाल प्रसाद दंगालले ६५ लाख रुपैयाँको लगानी कबोल गरेको कम्पनीले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्