Skip to content
LAXMI SUNRISE BANK

‘पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गर्ने’: उद्योग मन्त्री रिजाल

अर्थ सरोकार

काठमडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले अबका दिनमा पर्यटन व्यवसायीलाई उद्योगमा वर्गिकरण गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस सुधारका लागि सहकार्य’ कार्यक्रममा बोल्दै उनले पर्यटन व्यवसायलाई उद्योगमा वर्गिकरण गरिने बताएका हुन् ।

साथै, उनले पर्यटनलाई उद्योगको रुपमा अगाडि बढाउन नसके देश आर्थिक रुपमा अघि बढ्न नसक्ने उनको भनाई रहेको छ । हाल पर्यटन क्षेत्रलाई औद्योगिक व्यवसाय ऐन २०७६मा पर्यटनमा मात्र वर्गीकरण गरेको तर देशलाई आर्थिक रुपमा अघि बढाउने हो भने राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग क्षेत्रमा समावेश गरी उत्पादनमूलक उद्योग सरहको सुविधा दिनुपर्ने रिजालले बताएका छन् ।

त्यस्तै, यसअघि नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा मन्त्री समक्ष माग गरेको थियो । केही समय अघि महासंघका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु वस्नेत अजितको नेतृत्वको टोलीले उद्योग मन्त्रीलाई भेटी होटल व्यवसायलाई उद्योग सरह सेवा सुविधा दिनमा माग गरेको हो ।

उक्त समितिले होटलमा निजी क्षेत्रको ठूलो पुँजी लगानी गरी लाखौँलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै राज्यमा ठूलो परिमाणमा विदेशी मुद्रा आर्जन गरी मूलूकको कूल गार्हस्थ उत्पादनमा समेत टेवा पुर्याएको भन्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उत्पादनमूलक उद्योग सरह मान्यता दिन माग गरेको थियो । साथै, मन्त्रीको प्रतिवद्धता र उद्घोष अनुरुप पर्यटन व्यवसाय उद्योग क्षेत्रमा वर्गिकरण भएमा पर्यटकीय वस्तु तथा सेवाको उत्पादनमार्फत अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउनुका साथै हरित पर्यटनमार्फत ठूलो मात्रामा विदेशी पर्यटक भित्र्याउन सकिने समितिका सभापति वस्नेतले बताएका छन् ।

त्यस्तै, अबका दिनमा होटल व्यवसायमा विदेशी लगानी भित्र्याउन हाल भएको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ परिमार्जन कूल बिक्रीको ५ प्रतिशत रोयल्टीको व्यवस्थालाई हटाईनुपर्ने वस्नेतले जानकारी दिएका छन् । उनले भने, ‘रोयल्टी वापत ५ प्रतिशत मात्रै शुल्क पठाउन पाउने व्यवस्थाले मुलुकमा अन्तरराष्ट्रिय होटल रिसोर्टको सञ्चालन हुन कठिन देखिन्छ । अन्तरराष्ट्रिय ब्राण्डका होटलहरुले ५ प्रतिशत भन्दा कम मूल्यमा सञ्चालन नगर्ने भएकाले सो क्षेत्रमा विदेशी लगानी भित्र्याउन सकिँदैन ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK