Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड हुने मिति तय

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँड हुने मिति तय भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार उक्त कम्पनीको  एफपीओ कात्तिक १६ गते बिहीबार बिहान ८:३० बजे  बाँडफाँड हुने भएको छ ।

कम्पनीका अनुसार, ‘कम्पनीको एफपीओमा अन्तिम दिनसम्ममा १४ लाख २१ हजार ७ सय ७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका थिए ।  एफफपीओमा अन्तिम दिनसम्ममा १ सय ३० दशमलव ६३ गुणा आवेदन परेको छ । जसमा १२ हजार ३८१ जनाले मात्र सेयर पाउने छन् । बाँकी १४ लाख ९ हजार ३ सय ९६ जनाको भने हात खाली हुनेछ ।’

कम्पनीले  असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँमा १ लाख २३ हजार ८ सय १६ दशमलव ४५ कित्ता एफपीओ निष्काशन गरेको थियो । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर अनुपात मिलाउन एफपीओ निष्काशन गरेको हो ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङमा क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

त्यस्तै, लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK