काठमाडौँ । मुक्तिनाथ विकास बैंक र पिनाकल मोटोराड प्रालिबीच सम्झौता भएको छ । उक्त बैंकले ग्राहकहरुका लागि लिफान नेपालको इभि स्कुटरहरुको खरिदमा विशेष छुट प्रदान गरेको हो ।
सो बैंकले आफ्ना ग्राहकहरुका लागि थप सेवा दिन नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग लिफान नेपालको इभि स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।
उक्त व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले पिनाकलमोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभि स्कुटरहको खरिदमा विशेष क्यास तथा एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटियम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेट्रकमा आवद्ध अन्य जुनसुकै बैंकको एटियम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको हो । साथै, प्रिपेड डलर कार्ड ,मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खातामा रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ बचत सेवाको लागि ९८०१११००२२ नम्बर तथा कर्जा सेवाको लागि ९८०१११००२३ नम्बरमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।
सो बैंकले दिएको विभिन्न सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकका प्रमुख सूचना अधिकारीले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्