काठमाडौँ । मुक्तिनाथ विकास बैंक र सुमेरु अस्पतालबीच व्यवसायिक सम्झौता भएको छ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुका लागि थप सेवा दिन ललितपुरको धापाखेलमा रहेको सुमेरु अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।
उक्त व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै; ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उक्त बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेट्ररोकमा आवद्ध अन्य जुनसुकै बैंकको एटिइम मसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको हो ।
त्यस्तै, बैंकका अनुसार प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ बचत सेवाको लागि ९८०१११००२२ नम्बरमा तथा कर्जा सेवाको लागि ९८०१११००२३ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिएको छ । साथै, विभिन्न सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थिति नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्थासमेत रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्