×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ क्यापिटलले कार्तिक १७ गते बोलायो १४औं बार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषय

PRIME CA

मुक्तिनाथ क्यापिटलले कार्तिक १७ गते बोलायो १४औं बार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषय

२४ आश्विन २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मुक्तिनाथ क्यापिटलले बार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको १४औं बार्षिक साधारणसभा कार्तिक १७ गते होटेल क्राउन इम्पेरीयलमा हुने भएको हो ।

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पनि पारित हुनेछ ।

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: