काठमाडौं । नमस्ते पेले आफ्ना ग्राहकहरुका लागि नयाँ अभियान सुरु गरेको छ। उक्त कम्पनीले दशैंमा नमस्ते पे मार्फत उडान टिकट बुक गर्ने यात्रुहरूलाई नगद फिर्ता प्रदान गर्ने उद्देश्यले ‘रिटर्न उडान टिकटमा उच्चतम नगद दुई सय रुपैयाँ’ नामक नयाँ अभियान सुरु गरेको हो ।
सो अभियान २०८० कात्तिक १ गतेबाट सुरु हुँदैछ । उडानकर्ताहरूले क्यास ब्याकको लागि योग्य हनु प्रोमोकोड प्रयोग नगर्नु पर्ने कम्पनीले जानकारी दिएको छ । नमस्ते पे मार्फत आफ्नो उडान टिकट खरिद गर्ने यात्रुहरूले प्रत्येक टिकटमा तत्कालै २ सय रुपैयाँको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।
साथै, प्रत्येक उडानकर्ताले ५ सय एमबी डेटा प्याक प्राप्त गर्न सक्नेछन् । उक्त अभियान अवधिको अन्त्यमा १ जना भाग्यशाली यात्रुले अर्को खरिदमा ५ सय ५ छुट पाउनेछन्।
नमस्ते पे प्रयोगकर्ताहरूले नमस्ते पे वालेट मार्फत आर्थिक दरहरूमा उडान टिकटहरू किन्न सक्नेछन्। सो कम्पनीका प्रयोगकर्ताहरूले भरपर्दो तथा सुरक्षित बुकिङ पार्टनरबाट उडान टिकट बुक गर्न सक्ने कम्पनीले बताएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्