×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना, चार सय भन्दा बढीले लिए स्वास्थ्य परामर्श

PRIME CA
GLOBAL IME BANK

एनसेलद्वारा १८औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना, चार सय भन्दा बढीले लिए स्वास्थ्य परामर्श

१५ आश्विन २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना  गरेको हो ।

एनसेलले नर्भिक अस्पतालसँगको सहकार्यमा उक्त निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । सो स्वास्थ्य शिविरमा चार सय भन्दा बढी मानिसहरुले स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए । उक्त शिविरमा मानिसहरुले विषेशज्ञ डाक्टरहरुबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग, मधुमेह रोग, ईसीजी जाँच र सामान्य स्वास्थ्य जाँच लगायतका परामर्श लिएका थिए ।

त्यस्तै, एनसेलले आफ्नो नयाँ यात्रा सुरु गर्दै कम्पनीको ब्रान्ड वाचा ‘आज, भोलि, सधैं सँगै’ अन्तर्गत रहि स्वास्थ्य शिविरको आयोजना गरेको हो । एनसेलले आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपालीका लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।उक्त निःशुल्क स्वास्थ्य शिविर शुक्रबार बिहान ९ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भएको थियो । कम्पनीका अनुसार स्वाथ्य शिविरमा थप जाँच गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुट दिने भएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले ‘हाम्रा स्थानिय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै काठमाडौँमा स्वास्थ्य शिविरको आयोजना गरेको जानकारी दिए । साथै, आफ्नो समुदायका मानिसहरुकालागि फाइदा हुने काम गर्ने र काठमाडौँ लगायत देशको विभिन्न भागमा स्वाथ्य शिविरको आयोजना गर्ने प्रतिवद्ध गरेका छन् ।’

एनसेलले ‘हामी तँपाईकै लागि’ थिम अन्तर्गत १८औँ वार्षिकोत्सवको अवसरमा व्यावसायिक र सामाजिक जिम्मेवारी अन्तर्गत प्रदेशको समुदाय स्तरमा लागु हुने सामाजिक पहल अर्थात ‘एटिन फर एटिन’ १८ का लागि १८ कार्यक्रमको घोषणासमेत गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: