×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो आफ्ना ग्राहकहरुका लागि नयाँ अफर, सुलभ दरमा मोबाइल डेटा पहुँच सुनिश्चित गरिने

PRIME CA
GLOBAL IME BANK

एनसेलले ल्यायो आफ्ना ग्राहकहरुका लागि नयाँ अफर, सुलभ दरमा मोबाइल डेटा पहुँच सुनिश्चित गरिने

१६ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको छ । उक्त कम्पनीले ग्राहकहरुलाई सुलभ दरमा मोबाइल डेटा पहुँच सुनिश्चित गर्दै आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको हो ।

सो अफर सञ्चालनमा आएसँगै एनसेलका ग्राहकहरुले कर सहित मात्र रु १०० मा आफु जहाँ भएपनि लामो समयासीमा सहित मोबाइल डेटाको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । उक्त डेटा प्याकमा ग्राहकहरुले १ जीबी डेटा प्राप्त गर्नेछन्  जसमा डेटा भोल्यु २८ दिनसम्म मान्य रहनेछ । ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार उक्त प्याक सुचारु गर्न सक्ने कम्पनीको भनाई रहेको छ ।

त्यस्तै, कम्पनीका अनुसार ग्राहकहरुले अब कर सहित मात्र रु १ सय ९१ मा सात दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्नेछन् । साथै, कर सहित रु ४ सय ५९ मा ग्राहकहरुले फेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिन सम्म १.५ जीबी डेटा लिन सक्छन् । यस बाहेक उक्त प्याकमा ग्राहकले ८ जीबी अल टाइम प्याक पनि पाउन सक्नेछन् ।

एनसेल कम्पनीले  ‘अलवेज अन डेटा’ प्याकले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास लिएको छ । उक्त, सुविधाले ग्राहकहरुलाई सामाजिक सञ्जालमार्फत अनलाइन रहि सधैँ  सम्पर्कमा बस्न ठूलो भूमिका खेल्ने कम्पनीले बताएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: