काठमाडौं । प्राधिकरणले लाइसेन्स परिक्षामा चिट चाेर्ने परिक्षार्थीलाई कारवाही गर्ने तयारी गरेको छ । बीमा सर्भेयरका लागि सञ्चालित अनलाइन परिक्षामा अमर्यादित कार्य गरेको भन्दै नेपाल बीमा प्राधिकरणले परिक्षार्थीलाई कारवाही गर्ने भएको हो ।
सो कम्पनीले पहिलो पटक सञ्चालन गरेको सर्भेयर इजाजत पत्र सम्बन्धी मौका परिक्षामा सहभागी परिक्षार्थीहरुले चिट चोरेको फेला पारेपछि प्राधिकरणले कारवाही गर्ने भएको हो । उक्त परिक्षामा बदमाशी गरेका परिक्षार्थीलाई निश्चित समयका लागि पुन:इजाजत पत्रका लागी परिक्षामा सहभागी हुन नसक्ने गरी निलम्बन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
प्राधिकरण सम्बद्ध श्रोतका अनुसार, ‘अनलाइन परिक्षा भएकाले प्राधिकरणको प्रत्यक्ष निगरानी नपुग्ने भ्रममा रहेर केही परिक्षार्थीले अमर्यादित रुपमा परिक्षामा सहभागी भएकाले कारवाही गरिने भएको हो ।’ प्राधिकरणले बीमा सर्भेयर तालिममा सहभागी भएर परिक्षामा सहभागी हुन नसकेका, यस अघिको परिक्षामा अनुतीर्ण भएका परिक्षार्थीका लागि मौका दिने निर्णय गर्दै असोज २४ गते अनलाइन माध्यमबाट परिक्षा लिएको थियो ।
त्यस्तै, परिक्षामा सहभागीमध्ये २४ जना उतीर्ण भएका थिए । त्यसैबीच अभिकर्ता इजाजत पत्रका लागि कात्तिक १७ गते देखि सञ्चालन गरिने अनलाइन परिक्षामासमेत प्रविधिको माध्यमबाट निगरानीका लागि आवश्यक तयारी गरेको प्राधिकरणले जानकारी दिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्