×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा लगानीका लागि अर्जेन्टिनलाई नेपाल चेम्बर अफ कमर्सको आग्रह

PRIME CA

नेपालमा लगानीका लागि अर्जेन्टिनलाई नेपाल चेम्बर अफ कमर्सको आग्रह

३० आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनलाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज भएको भेटवार्तामा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गरेका हुन् ।

नेपालको पर्यटन, सुचना प्रविधि लगायतका क्षेत्रमा प्रतिफलको उच्च सम्भावना भएको अध्यक्ष मल्लले बताएका छन् । मल्लले भने, ‘अर्जेन्टिना भौगोलिक दृष्टिकोणले टाढा भएपनि व्यापारिक क्षेत्रमा थुप्रै सहकार्य गर्न सकिन्छ । नेपालको पर्यटन क्षेत्र पृथक खालको छ । सुचना प्रविधिमा पनि अधिक सम्भावना छ । दुई देशका निजी क्षेत्रबीच सहकार्य मार्फत लगानीका लागि आग्रह गर्दछु ।’

नेपालमा अवैतनिक दुतको नियुक्ती गरेर व्यापारिक सहकार्य गर्नसमेत अध्यक्ष मल्लले राजदुत गोवीसँग आग्रह गरे । नेपाल अर्जेन्टिनाबीचको कुटनीतिक सम्बन्ध ६० वर्ष पुरा भएको सन्र्दभमा अध्यक्ष मल्लले व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । साथै, अध्यक्ष मल्लले अर्जेन्टिनाको निजी क्षेत्र र नेपाल चेम्बर अफ कमर्सबीच सहकार्य गर्न सकिए आर्थिक गतिविधी विस्तार हुने बताए ।

नेपालले अर्जेन्टिनाबाट गत वर्ष करिव २५ अर्व रुपैयाँको वस्तु आयात गरेको थियो । राजदुत गोवीसँग अध्यक्ष मल्लले नेपालको जलविद्युत, वनजन्य उद्योग, जडीबुटी प्रशोधन जस्ता क्षेत्रमासमेत लगानीका लागि प्रस्ताव गरेका छन् ।

त्यस्तै, दुई देशका निजी क्षेत्र स्तरमा उच्चस्तरीय व्यपारिक भ्रमण गराएर आर्थिक गतिविधी विस्तार गर्न सकिनेमा अध्यक्ष मल्लले जोड दिएका छन् । जवाफमा राजदुत गोवीले नेपालमा आर्थिक गतिविधी विस्तार गर्नका लागि आफुले पहल गर्ने बताउनुभयो । हिमालय पर्वतको देश नेपाल भौगोलिक र प्राकृतिक दृष्टिकोणले समेत उच्च रहेको राजदूत गोवीको भनाई छ ।

दुई मुलुकबीचको सम्बन्धलाई जनस्तरबाटै विकास गर्नुपर्नेमा राजदुत गोवीले जोडसमेत दिनुका छन् । उनले भने, नेपालसँगको सम्बन्धलाई जनस्तरबाटै विकास गर्न आवश्यक छ । यसका लागि पनि म पहल गर्छु, ।’

नेपालको खाद्य सुरक्षाका लागि सहयोग गर्न अर्जेन्टिना तयार रहेकोसमेत राजदुत गोवीले बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: