×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

PRIME CA

नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित

१ कार्तिक २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल फिनल्याण्ड चेम्बरको अध्यक्षमा मुकुन्द तिमिल्सिना निर्वाचित भएका छन् । उक्त संघको हालै सम्पन्न भएको प्रथम वार्षिक साधारण सभाले तिमिल्सिनाको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

सो संघले नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई संरक्षक चयन गरेको छ भने संघको तीन उपाध्यक्षमा प्रज्वलजंग पाण्डे, सुनिल केसी र शक्ति कुमार बेगानीलाई चयन  गरेको हो । साथै, महासचिवमा विश्वेश श्रेष्ठ र कोषाध्यक्षमा दीपेन्द्र सिग्देल निर्वाचित भएको संघले जनाएको छ ।

संघको दुई सचिवमा सीताराम थापा र उरुषा चापागाई निर्वाचित भएका छन् । कार्यसमिति सदस्यहरुमा अर्जुन पौडेल, विजय पौडेल, भरत श्रेष्ठ, चेतन भण्डारी, डीमप्रसाद पौडेल, गोर्मे दोर्जी शेर्पा, निलकृष्ण ताम्राकार र प्रदीक्षा शर्मा निर्वाचित भएको संघले जानकारी दिएको छ ।

त्यस्तै, प्रकाशबहादुर खत्री, प्रकाश पाण्डे, राजेन्द्र ढकाल, राजेन्द्र सापकोटा, राजेश लामा, राकेशकुमार अडुकिया, सञ्जीवकुमार पाण्डे, शिव ढकाल र उत्तम सिलवाल पनि संघको कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । संघका अध्यक्ष तिमिल्सिनाले नेपाल र फिनल्याण्डबीचको सम्बन्ध विस्तारसँगै लगानी, पर्यटन तथा व्यापारिक क्षेत्रमा संघले घनिभूत ढंगले सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

नेपाली वस्तुको फिनल्याण्डमा निकासीको राम्रो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले आउँदा दिनमा निकासी प्रवर्द्धन सम्बन्धी कार्यलाई प्राथमिकतामा राख्ने बताएका छन् । साथै, भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले फिनल्याण्डबाट ३० करोड ४७ लाख १४ हजार रुपैयाँ बराबरको वस्तु आयात गरी ८ करोड ५७ लाख ६१ हजार मूल्य बराबरको निकासी गरेकोसंघले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: