×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना; पूर्वगभर्नर हारुहिको कुरोदा

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना; पूर्वगभर्नर हारुहिको कुरोदा

Artha Sarokar

१९ आश्विन २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाली अर्थतन्त्रमा चुनौति भएपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको छ । जापानी केन्द्रीय बैंकका पूर्वगभर्नर कुरोदा जापानी केन्द्रीय बैंक, बैंक अफ जापानका पूर्वगभर्नर हारुहिको कुरोदाले नेपालको अर्थतन्त्रमा केही चुनौति रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताइका छन् ।

काठमाडौँको दरबारमार्गमा आयोजित पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वअध्यक्षसमेत रहेका कुरोदाले नेपाली अर्थतन्त्रमा केही समस्या रहेपनि आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको जनाएका छन् । जापानी केन्द्रीय बैंकका पूर्वगभर्नरले १० वर्षअघि नेपाल भ्रमणमा आएको स्मरण गर्दै यस १० वर्षको अवधिमा नेपालको अर्थतन्त्रमा आफूले ठूलो परिवर्तन महसुस गरेको बताएका छन् ।

उनका अनुसार, पछिल्लो १० वर्षमा नेपालको आर्थिक विकासबाट म प्रभावित भएको छु । यहाँ आर्थिक विकसको अझै प्रचुर सम्भावना छ । नेपालको अर्थतन्त्रका तीन वटा क्षेत्रमा आफूले सम्भावना देखेको छु ।

उनले नेपालमा मानव स्रोत, जलस्रोत र पर्यावरणीय स्रोत प्रचुर रहेको भन्दै यस्ता स्रोतको सदुपयोग गर्नसके नेपालमा आर्थिक विकास हुने कुरा गरे । साथै, नेपालमा अझै धेरै चुनौति रहेको उल्लेख गर्दै नेपाल सरकार र यहाँको राजनीतिक नेतृत्वले त्यसबारे ध्यान दिनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

त्यस्तै, नेपाल भ्रमणका क्रममा आफूले यहाँका अर्थशास्त्रीहरु, राजनीतिक नेताहरु एवम् सरोकारवालाहरुसँग भेटघाट गरेको र अर्थतन्त्रबारे छलफल गरेको कुरोदाले जानकारी दिए । पत्रकार सम्मेलनका क्रममा उनले नेपालले धेरै ऋण लिनुअघि सावधान हुनुपर्ने जिकिर गरे ।

जापानमा कूल ग्राहस्थ उत्पादन जीडीपी र ऋणको अनुपात २ सय ६३ प्रतिशत रहेको उल्लेख गर्दै चालु खाता बचतमा रहेकाले जापानलाई ऋण लिन सहज भएको उनको भनाइ रहेको छ । साथै, नेपालको चालु खाता घाटामा रहेकाले ऋण लिनुअघि सावधानी अपनाउनुपर्ने उनको तर्क छ ।

पूर्वगभर्नरका अनुसार, ‘जापानको चालु खाता ठूलो नाफामा छ । यस प्रकारको बचतले जापान सरकारलाई ऋण लिन सहज भएको छ । उनको विचारमा थप ऋण लिनुअघि नेपाल सचेत हुनुपर्छ । ऋण नै लिनुपर्ने अवस्था भएपनि एसियाली विकास बैंक र विश्व बैंकजस्ता संस्थाबाट सहुलियतपूर्ण ऋण लिनुपर्छ ।’

त्यस्तै, पत्रकार सम्मेलनमा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष विन्दुनाथ लोहनीले पूर्वगभर्नर कुरोदालाई नेपालमा स्वागत गर्न पाउँदा आफू खुशी भएको जनाएका छन् । उनले पूर्वगभर्नर कुरोदाले नेपाली अर्थतन्त्रलाई आशावादी दृष्टिकोणले हेरेको भन्दै यसबाट आफू प्रभावित भएको उल्लेख गरेका छन्।

साथै, राजनीतिक नेतृत्वको ध्यान, आर्थिक वृद्धि तथा युवाहरुको विकास एवम् रोजगारीमा केन्द्रित हुनुपर्ने भन्दै नेपालमा सूचना प्रविधि जस्ता क्षेत्रको ठूलो सम्भावना रहेको र निजीस्तरबाट लगानी गरेर उक्त क्षेत्रमा युवाहरुलाई परिचालन गर्नुपर्ने जानकारी दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी