×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ क्यापिटलको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागी

PRIME CA

नेपाल लाइफ क्यापिटलको जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न, सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागी

२३ आश्विन २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल लाइफ क्यापिटलले जनकपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त क्यापीटलले नेपाल धितोपत्र बोर्ड सँगको समन्वयमा मधेश प्रदेशको जनकपुरमा ‘लगानीका आधारभूत विशेषता धितोपत्र बजार र जोखिम व्यवस्थापन’ विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

शेयर बजार जोखिम तथा प्रतिफलको प्रभाव बारे जनतालाई साक्षर गराउने मुख्य अभिप्रायका साथ २०८०-०६-१९ गते दिउँसो ३ बजेदेखि ६ बजे सम्म मसला कटेज जनकपुरधाममा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ८ व्यक्तिहरुको सहभागीता रहेको नेपाल लाइफ क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डका निर्देशक हरि प्रसाद भुसालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । साथै, नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नविन बाँस्कोटाले लगानीका क्षेत्र र सेयर बजारको महत्वबारे जानकारी दिएका थिए ।

त्यस्तै, निर्देशक भुसालले निम्न आय भएका व्यक्तिले सेयर बजारमा कसरी पहुँच पुर्याउन सक्छन् र बजारबाट सर्वसाधारणले कसरी लाभ लिन सक्छन् भन्ने विषयमा जोड दिएका थिए । साथै, कोष प्रबन्धक नवराज सिलवालले ‘लगानीका आधारभूत कुरा धितोपत्र बजार र जोखिम व्यवस्थापन’का विषयमा प्रस्तुतिकरण गरेका थिए ।

कोष प्रबन्धक सिलवालले शेयर बजारको महत्व, यसले कसरी काम गर्छ तथा लगानीका थप क्षेत्रहरू के हुन् भन्ने बारेमा सर्वसाधारणमा साक्षरता ल्याउने कुरामा जोड दिएका थिए । उनले धितोपत्र बजारमा हुने जोखिम, बजारमा लगानीलाई कसरी पृथकीकरण गरी जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा थप जानकारी दिएका थिए ।

उक्त कार्यक्रमको बिचमा प्रश्न उत्तर सत्र पनि भएको थियो । नेपाल लाइफ क्यापिटलका अधिकृत विज्ञान नेपालले एक एक गरी सहभागीहरुको जिज्ञासाको जवाफ दिएका थिए । साथै, उनले सहभागीहरुलाई डिम्याट, ब्रोकर, सेयर बजार र जोखिम विश्लेषणको बारेमा जानकारी समेत प्रदान गरेका थिए ।

त्यस्तै, सर्वेक्षणबाट करिब ७० प्रतिशत सहभागीहरु आईपीओ आवेदनका लागि प्राइमरी मार्केटमा संलग्न रहे पनि शेयर बजारमा करिब ३० प्रतिशत मात्रै सक्रिय रहेको क्यापिटलले जनाएको छ । साथै, करिब ३० प्रतिशत आईपीओ होल्डरलाई आईपीओ सेयर बेच्ने तथा दोस्रो बजारमा थप सेयर कसरी किन्ने बारे जानकारी नरहेको क्यापीटलले थाहा पाएको छ ।

नेपाल लाइफ क्यापिटलको वित्तीय साक्षरता कार्यक्रममा प्रस्तुतीकरण र प्रश्नउत्तर सत्र पछि अतिथिहरूले मन्तव्य समेत दिएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: